काठमाडौं । सीएफमोटोका नेपालका आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले विशेष सीएफमोटो मनसुन केयर क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ।
कम्पनीले ग्राहकहरूको सुविधा तथा आगामी वर्षायाममा सुरक्षित र भरपर्दो सवारी अनुभव सुनिश्चित गर्ने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागेको जनाएको छ।
उक्त सेवा अभियान यही वैशाख २० देखि २५ गतेसम्म सीएफमोटो सर्भिस सेन्टरमा सञ्चालन हुनेछ। अभियान अवधिभर ग्राहकहरूले रेगुलर पार्ट्समा १० प्रतिशत, बडी पार्ट्समा २० प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत, लुब्स/लुब्रिकेन्टमा ५ प्रतिशत छुट र निःशुल्क बाइक वास सुविधा पाउनेछन्।
यो मनसुन केयर क्याम्पमार्फत सीएफमोटो र ऋषि ट्रेड सेन्टरले ग्राहक सन्तुष्टि, गुणस्तरीय बिक्रीपछिको सेवा तथा सवारी सुरक्षाप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन्। वर्षायाम सुरु हुनुअघि मोटरसाइकलको आवश्यक जाँच तथा मर्मतका लागि यो अभियान उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ।

Comment