अरुण काबेली पावरले पायो ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि पूर्व-स्वीकृति प्रदान गरेको छ । आयोगको २०८३ वैशाख ३ गते बसेको ३०७ औं बैठकले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो ।

आयोगले कम्पनीलाई १:०.५ को अनुपातमा १ अर्ब ९४ करोड ७५ लाख ७१ हजार ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८५ करोड ५१ लाख ४२ हजार १०० रुपैयाँ रहेको छ ।

हकप्रद शेयरमार्फत संकलन हुने कुल रकममध्ये १ अर्ब रुपैयाँ काबेली बी-१ जलविद्युत आयोजना निर्माणका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ । यसैगरी ९४ करोड ७५ लाख ७१ हजार ५० रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी ‘काबेली इनर्जी लिमिटेड’ मा लगानी गर्न प्रयोग गरिनेछ ।

अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रदको स्वीकृति लिएर हकप्रद जारी गर्नेछ ।

विद्युत नियमन आयोगबाट पूर्व-स्वीकृति पाएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउनेछ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्रै कम्पनीले वास्तविक निष्कासन मिति तय गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।