आजको राशिफल
काठमाडौं । २०८२ चैत १७ गते (३१ मार्च २०२६) मंगलवार, चैत्र शुक्लपक्ष त्रयाेदशी तिथि, ७ः०५ बजेपछि चतुर्दशी। पूर्वफाल्गुनी नक्षत्र, १५ः३० बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह।
मेष : साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।
वृष : व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।
मिथुन : तपाईंलाई आज आफ्नै बोलीका कारण पश्चाताप हुनेछ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।
कर्कट : भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।
सिंह : परिवारसँग रमाइलो घुमघाम हुनेछ। खुशीयाली प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।
वृश्चिक : स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ।
धनु : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्।
मकर : सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।
कुम्भ : सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।
मीन : सञ्चित धन खर्च हुनेछ। व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Comment