आईपीओ निष्काशन गर्दै नेपाल सेरामिक इण्डष्ट्री, बिक्री प्रबन्धमा माछापुच्छ्रे क्यापिटल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ।

नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी, नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका तर्फबाट अध्यक्ष शम्भु नाथ झा सम्झौता पत्रमा हस्ताक्षर गरे।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।