सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सय बुँदे शासकीय सुधार कार्यसूचीमा यस योजनालाई समावेश गरिएको हो।

सार्वजनिक यातायातमा महिलाहरूले भोग्नुपर्ने दुर्व्यवहार र असहजतालाई सम्बोधन गर्न यो विशेष बस सेवा सुरु गर्न लागिएको सरकारले बताएको छ।

स्वीकृत कार्ययोजनाअनुसार पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा ‘ब्लु बस’ सञ्चालनमा ल्याइनेछ। यी बसहरू विशेषगरी महिला यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रविधियुक्त र सुरक्षित बनाइनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।