कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्।

सभापति थापाले क्रियाशील सदस्यता वितरण र चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरेका छन् ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असा १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।