आज मिति २०८२ चैत ९ गते साेमवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ चैत ९ गते (२३ मार्च २०२६) साेमवार, चैत्र शुक्लपक्ष पञ्चमी तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि मेष, ७ः०९ बजेपछि वृष।

मेष :
स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । कुनै पनि कदम चाल्नु भन्दा पहिला राम्रो विचार, विमर्ष गरेर मात्र अघि बढ्नु राम्रो पक्ष हुन आउने छ ।

वृषः

कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्ने समय रहेको छ । सत्कार तथा मानसम्मान प्राप्त हुनेछ । सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ । नयाँ वस्त्र तथा उपहार पाइने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मिथुनः

आजको दिन सामान्य रहेको छ । काममा बाधा उत्पन्न हुनेछ । मित्र तथा आफन्तहरुबाट असहयोग नै होला । धार्मिक तथा सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुनेछ ।

कर्कटः

आज धन सम्पत्तिको सुख मिल्नेछ । इष्टमित्रहरु संग मिलनको योग छ । कृषिकर्म तथा बन्दव्यापारबाट आम्दानी हुनेछ । आफन्तजनबाट प्रसस्त मात्रामा सहयोग प्राप्त हुनेछ । शारीरिक सुख प्राप्तीले मन आनन्दित बनाउने छ ।

सिंहः

मनले चिताएको काममा सफलता मिल्ने योग छ । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । आफ्नै पराक्रमले अर्थोपार्जन भएर मन फुरुङ्ङ हुनेछ ।

कन्याः

रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकारजन्य समस्या आउन सक्नेछ । बोल्दा विशेष बिचार पर्याउनु पर्नेछ । धर्मकर्ममा मन जानेछ । छोटो दुरीको रमाईलो यात्रा समेत हुने देखिन्छ ।

तुलाः

तपाइप्रती विपरीत लिङ्गी मित्रहरुको सोच सकारात्मक रहनेछ । अध्ययन अध्यापन त्यति फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । खर्चमात्र ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्नेछ ।

बृश्चिकः

आकस्मिक धनप्राप्तिको योग छ । अध्यन–अध्यापनमा सफलता मिल्ने दिन रहेको छ । आर्थिक गतिविधिमा प्रगति हुनेछ । आम्दानीका स्रोतहरू मजबुत बन्नेछन् । छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।

धनुः

मनले चिताएको काम पुरा हुनेछ । मातुल पक्षबाट पनि साथसहयोग मिल्नेछ । प्रेमजीवनमा रमणीय यात्रा तथा अविस्मरणीय क्षणको सम्भावना छ । मुद्दामामिला, झैझगडामा फस्न पर्ने जस्तो देखिएता पनि जीत भने तपाईंकै हुने समय देखिएको छ ।

मकरः

प्रेममा धोका हुन सक्नेछ । मन चञ्चल रहनाले थालेका र आंटेका कार्यहरु अधुरा नै रहन सक्नेछन्, होस पुर्याउनु होला । समाज सेवा गरे लोकमा प्रसिद्धि कमाइनेछ । आज आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य गर्नु भएमा राम्रो पक्ष हुनेछ ।

कुम्भः

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पारिवारीक झमेलामा परिनेछ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु राम्रो पक्ष हुनेछ ।

मीनः

उपहार प्राप्तिले मन प्रसन्न रहने छ । विशिष्ट व्यक्तिहरूको सल्लाह सुझावलाई ध्यान दिनुहोला । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । आफन्तको आगमन तथा रमाइलो भेटघाट हुने समय छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।