आज मिति २०८२ चैत ५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ चैत ५ गते (१९ मार्च २०२६) बिहीवार, चैत्र कृष्णपक्ष औंसी तिथि, ७ः०८ बजेपछि शुक्लपक्ष प्रतिपदा। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।

मेषः

आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनु राम्रो पक्ष हुनेछ । व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नु राम्रो पक्ष हुनेछ ।

वृषः

शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । नोकरी तथा जागिरमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइने दिन रहेको छ ।

मिथनुः

न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा सुधार हुनेछ । आज विशेष कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कटः

सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आफन्तको विश्वास भरपर्दो नहुन सक्नेछ । पशुधन वा कृषिक्षेत्रमा राम्रो पक्ष हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर देखिन्छ ।

सिंहः

कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । आज स्वास्थ्यमा खानपिन र आहारविहारको विशेष ध्यान राख्नुहोला । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ ।

कन्याः

आय आर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तीय क्षेत्रबाट कर्जा लिन सजिलो हुनेछ । विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ ।

तुलाः

भौतिक सुख शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । अवसरवादीहरूबाट सावधान रहनुहोला । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।

बृश्चिकः

साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्न सक्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नु होला । उद्योग व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । सामाजिक दायित्व निर्वहनमा खर्च बढ्न सक्नेछ ।

धनुः

पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्नेछ । विगतका समस्या बल्झिन सक्नेछन् । कार्यक्षेत्रमा पहिलाका कार्यलाई दोहोर्याएर गर्नु पर्ने होकि भन्ने देखिन्छ ।

मकरः

नयाँ कामको थालनी हुनेछ । धैर्य र पराक्रममा वृद्धि हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् । व्यापार व्यवसायमा सफलता पाइनेछ । पारिवारिक सद्भावमा मिठास आउला । प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ ।

कुम्भः

कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु उपयुक्त हुनेछ । अरूको मुख नताकी सही निर्णय लिनसके थप अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा गोपनियता भंग हुनसक्ला, अलिक सचेत रहनु राम्रो पक्ष हुनेछ ।

मीनः

आजको समय उपलब्धिमूलक रहनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । शैक्षिक एवं सामाजिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।