काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत कुल ५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार, मोबाइल बैंकिङ अन्तर्गत ६ करोड ७३ लाख कारोबारहरू सम्पन्न भएका छन्।
साथै, २०८२ माघ महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबारमार्फत ७५ अर्ब ६० करोड रुपैयाँ बराबरको लेनदेन गरेका छन्। क्यु–आर कोड भुक्तानीमार्फत भने ४ करोड ६२ लाख कारोबारमार्फत १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।

Comment