रविकै अगाडि जब आशिकाले भनिन् : धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा उम्मेदवार आशिका तामाङ को घरदैलो अभियानका क्रममा दिइएको भाषणको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

बिहीबार गल्छीचोकमा आयोजित चुनावी सभामा आशिका तामाङ आफ्नो मन्तव्य दिँदै थिइन्। त्यही क्रममा उनले भनिन्, “धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!”। सँगै उपस्थित रास्वपा सभापति रवि लामिछाने ले हताहतार मर्मत गर्दै स्पष्ट पारे, “भनेर अन्य नेताले भन्छन् तर आशिकाले भन्दिनन्।”

भाषणमा भएको शब्द त्रुटिप्रति आशिकाले माफी माग्दै सामाजिक सञ्जालमा लेखेकी छिन् कि उनी विगत एक महिनाभन्दा बढी समयदेखि धादिङका विभिन्न वडामा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर घरदैलो अभियानमा रहेकी छिन्। उनले कठिन भौगोलिक क्षेत्रमा जनताको गुनासो सुन्दै आएको बताइन्।

आफूले गरेको एक क्षणको गल्ती स्वीकार्दै उनले भविष्यमा बोल्दा अझै सावधानी अपनाउने र यस्तो त्रुटि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरिन्।

आशिकाले लेखेकी छन्, “आज घरदैलो गर्न थालेको एक महिना भन्दा बढी भयो। काठमाडौं जिल्ला भन्दा ठुलो त धादिङ जिल्ला को एउटा वडा रहेछ। त्यती ठुलो भूगोल भएको क्षेत्रमा हरेक दिन बिहान ७ बजेदेखि बेलुकि ७ बजेसम्म १२ घन्टा ननस्टप दौडिरहेको थिएँ। जनता को घर–घर पुगि गुनासो सुन्दै गर्दा पार्टी सभापति रवि दाइको स्वागतमा गल्छीचोक पुग्दा म थकित थिएँ। मेरो सानो मन्तव्यमा ‘धादिङमा सुशासन स्थापना गरी, भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ’ भन्नुपर्ने थियो तर अन्त्य शब्द सुनिन नसक्दा ‘भ्रष्टाचार गर्दछु’ भन्ने शब्द सुन्न गएकोमा सम्पूर्णमा माफी माग्दछु। अबदेखि बोल्दा धेरै ध्यान गरेर मात्र बोल्ने छु र यस्तो गल्ती भविष्यमा नगर्ने वाचा गर्दछु। धन्यवाद।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।