रास्वपासहित विभिन्न पार्टीबाट तीन सय ५० बढी एमाले प्रवेश, ओलीले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नेहरूको लहर तीव्र बन्दै गएको छ। झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ बाट मात्रै ३ सय ५० जनाभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका छन्।

बुधबार धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न राजनीतिक दल परित्याग गरी उनीहरू एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले विगतमा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यस क्षेत्रको विकासले गति लिएको उल्लेख गर्दै आगामी दिनमा पनि समृद्धि र स्थायित्वका लागि एमाले नै विकल्प भएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताएका छन्। उनीहरूले क्षेत्रीय पूर्वाधार, सडक विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई निरन्तरता दिन एमाले नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।

यसअघि पनि रास्वपाका केही क्षेत्रीय नेतासहित विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरिसकेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रमा दलहरूबीच प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।