सोल्टीको व्यवस्थापनमा मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा । सोल्टी वेस्टेण्ड रिसोर्टको व्यवस्थापनमा मनकामना क्षेत्रमा विलासितायुक्त मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ। मनकामना मन्दिरबाट करिब ३०० मिटर दूरीमा अवस्थित रिसोर्ट सोल्टी वेस्टेण्ड रिसोर्ट अन्तर्गत सञ्चालनमा ल्याइएको हो।

करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ५१ सुसज्जित कोठा, अत्याधुनिक ब्याङ्कवेट हल, बैठक कक्ष, खुला स्विमिङ पूल, रेस्टुरेन्ट, लबी बार तथा २४ घण्टा इनरूम सेवा उपलब्ध छन्। स्पा, फिटनेस सेन्टर, योग डेक, बालमैत्री सुविधा र हरियाली वातावरणले यसलाई धार्मिक तथा पारिवारिक पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ।

रिसोर्ट सञ्चालनसँगै मनकामना क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा थप सुदृढ हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।