सिटिजन लाइफको व्यापार साढे २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) अवधिमा २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो वर्षको तुलनामा ०.२४ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी उल्लेख्य रूपमा बढेको छ । चालु वर्षको पुससम्म कम्पनीको कुल बीमाशुल्क २२.५२ प्रतिशतले बढेर ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । पुस मसान्तसम्म जीवन बीमा कोष २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कोष १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले चालु वर्षको पुससम्म ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब १८ करोड १६ लाख रुपैयाँको तुलनामा २२.२२ प्रतिशतले बढी हो ।

यद्यपि, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.२६ रुपैयाँमा सीमित भएको छ । ५१.१८ गुणा पीई रेसियो रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

इक्विटी संरचनातर्फ हेर्दा, समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोष २३ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटी ३६ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।