फेरि बढ्यो सुनको मूल्य, तीन लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो दिन आज स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ।

यसअघि दुई लाख ९१ हजारमा कारोबार भएको सुन आज बढेर तीन लाख पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज सुन नौ हजार पाँच सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।

आज चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी चार हजार ३८ रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी चाँदीको मूल्यमा आज नौ सय ७२ रुपैयाँ वृद्धि देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।