काठमाडौं । स्थानीय बजारमा निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ३७ सय रुपैयाँ बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले बढेर पाँच हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी ५२ सय रुपैयाँमा कारोबार भएको थियो।

Comment