सुनको मूल्यमा आज पनि पहिरो, कति घट्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको छ।

नेपाली बजारमा गत बिहीबार सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। तर त्यसको भोलिपल्टै शुक्रबार सुनको भाउ २० हजार ५ सय रुपैयाँले घट्यो। गिरावटको यो क्रम आइतबार पनि जारी रहँदा थप १८ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख रुपैयाँमा सीमित भएको थियो।

आजको गिरावटसँगै पछिल्लो चार दिनको अवधिमा सुनको मूल्यमा कुल ५२ हजार ७ सय रुपैयाँको कमी आएको छ। पछिल्लो तथ्याङ्कले सुनको मूल्य अस्वाभाविक रूपमा घटिरहेको देखाउँछ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती र केन्द्रीय बैंकहरूको मौद्रिक नीतिमा आएको परिवर्तनका कारण सुनको मागमा संकुचन आएको हो। विश्वबजारमा सामान्यतया आर्थिक वा राजनीतिक अस्थिरता बढ्दा सुरक्षित लगानीका रूपमा सुनप्रति आकर्षण बढ्ने गर्छ। तर हाल केही अन्तर्राष्ट्रिय आर्थिक सूचकांकमा सुधार देखिएपछि लगानीकर्ताहरू सुनभन्दा अन्य क्षेत्रमा आकर्षित भएको बताइएको छ।

नेपाली बजार पूर्ण रूपमा अन्तर्राष्ट्रिय दरमा निर्भर रहेकाले विश्वबजारमा भएको सानो उतारचढावले पनि स्थानीय बजारमा ठूलो प्रभाव पार्ने गरेको छ। विवाह र चाडपर्वको सिजन नजिकिँदै गर्दा आएको यो ठूलो गिरावटले उपभोक्तालाई केही राहत दिएको भए पनि सुनमा लगानी गर्नेहरू भने मूल्य अझै घट्ने हो कि भन्ने आशंकाले त्रसित देखिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।