वीरगञ्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ६४ करोड रुपैयाँ पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड रुपैयाँको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए। जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो । चालु आवको छ महिनामा तीन अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड रुपैयाँ पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड रुपैयाँको चना आयात भएको छ ।

त्यसैगरी, एक अर्ब रुपैयाँको अन्य गेडागुडी आयात भएको छ । २७ करोड रुपैयाँ बराबर रहरको दाल र १६ करोड रुपैयाँको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख रुपैयाँका बकुल्लाको आयात भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।