पोखरामा कन्दरा माउन्टेन रिसोर्ट बन्दै, आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पर्यटकीय नगरी पोखराको अस्तम भिलेजमा कन्दरा माउन्टेन रिसोर्ट निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

सन् २०२३ मा स्थापना भएको कम्पनीले ४० कोठा क्षमताको सुविधासम्पन्न रिसोर्ट निर्माण गरिरहेको हो। कम्पनीका अनुसार हालसम्म रिसोर्टको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ भने आर्थिक प्रगति २८ प्रतिशत रहेको छ।

निर्माण कार्य द्रुत गतिमा भइरहेको भन्दै कम्पनीले आगामी असोज महिनाबाट रिसोर्ट सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।

कम्पनीमा पाँच जना बोर्ड सदस्य रहेका छन्। पवित्रकुमार कार्की अध्यक्ष रहेको कम्पनीमा अनिल रावल र वीर विक्रमको समान २५/२५ प्रतिशत स्वामित्व रहेको छ।

रिसोर्ट निर्माणका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जासम्बन्धी कुल ७३ करोड ३२ लाख रुपैयाँको रेटिङ गराएको छ। यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ७० करोड ३२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गरिएको हो।

कम्पनीले परियोजनामा लगानी–ऋण अनुपात ७०:३० रहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।