सैनिक मञ्चको दक्षिण चौर सुधार्दै महानगर, झण्डै ३ करोडको वरमुढा घाँस रोपिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।

अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समय समयमा सार्वजनिक कार्यक्रम पनि हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।

६१ हजार २ सय ६३ वर्गमिटरको चउरमा काम गर्न २ करोड ७० लाख रुपैयाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ ।

सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट हुनेछन् ।

यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।