आशिका तामाङले उम्मेदवारी फिर्ता नलिने, यसो भनिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने बताएकी छन् ।

उम्मेदवारी फिर्ता लिन लागेको चर्चाकाबीच आशिकाले त्यसको खण्डन गरेकी छन् । उनले आफू उम्मेदवारी फिर्ता लिन नभइ जनताको प्रतिनिध बन्न आएको बताएकी हुन् ।

जर्मन स्थायी आवासीय अनुमति पत्र सार्वजनिक भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेको समाचारहरू सार्वजनिक भएपछि आशिकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हल्ला को पछि नलागौं । चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।