काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट धादिङ क्षेत्र नं. १ बाट चुनाव लड्नका लागि टिकट प्राप्त गरेकी हुन्।
सामाजिक अभियानमार्फत पहिचान बनाएकी तामाङको प्रतिनिधिसभा निर्वाचनमा प्रवेशलाई वैकल्पिक राजनीतिक धारको विस्तारका रूपमा हेरिएको छ। रास्वपाले नयाँ अनुहार र सामाजिक क्षेत्रबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिने नीति अनुरूप उनलाई उम्मेदवार बनाएको बताइएको छ।
आशिका तामाङले चुनावी प्रतिस्पर्धामार्फत नागरिक सरोकार, सुशासन र सामाजिक न्यायका मुद्दा संसद्मा उठाउने प्रतिबद्धता जनाएकी छन्।

Comment