युवा पुस्ताको जायज मागलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन: गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्रको रक्षा र शासन व्यवस्थालाई वैधानिकता दिन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। बुधबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए।

जेन–जी आन्दोलनको स्मरण गर्दै उनले युवालाई राजनीतिमा मूलधारमा ल्याउनुपर्नेमा जोड दिए। ‘सुशासन दिन नसक्दा विद्रोह जन्मिन्छ भन्ने कुरा जेन–जी आन्दोलनले देखाएको छ,’ उनले भने।

उक्त अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने प्रदेशमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण अझै नबनेको टिप्पणी गरे।

गोष्ठीमा कर्णालीका १० वटै जिल्लाका सुरक्षा चुनौतीमाथि छलफल हुने कार्यक्रम छ। कार्यक्रममा प्रदेश तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।