भविष्यको मायामा वर्तमानलाई बेच्ने हामी,
आफूभित्रकोखालीपन अरूको हाँसोले भर्ने हामी।
सधैंअगाडिको सोच्मा यो पललाई हराउने हामी,
आफ्नैछायाँसँग दौडिरहेको, थाकेपनि नथाम्ने हामी।
आशाका डोरीमा आफूलाई झुन्ड्याउने हामी,
भोलिकोभरोसमा आजको सूर्य लुकाउने हामी।
जीवनकोसाँचो स्वाद बुझ्नु अङि नै,
आफ्नैसपनाको भारले नै बोक्रि थाक्ने हामी।
धुनको नशामा बाँच्ने, आफ्नै स्वर बिर्सने हामी,
अरूकैसपनाको राजमार्गमा आफ्नो बाटो हराउने हामी।
समयकोबहसाइमा सासहरू खेलौने हामी,
मृत्युलाई जित्नेयोजना बनाउँदै जीवन नै गुमाउने हामी।
आफ्नो चिहानको नक्सा बनाउँदै हिँड्ने हामी,
यात्राकोरमाइलो भुली केवल गन्तव्यतर्फ दौड्ने हामी।
भेट्नुअघिनै हराएका मनका टुक्राहरू,
अरूकैभेटमा पर्खिरहेका, आफैंसित भेट नगर्ने हामी।
कहिले सोध्यौं आफैंलाई
योदौडको अन्त्य कहिले होला?
योसासको गन्तव्य कहाँ होला ?

Comment