काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। पाँचदिने भारत भ्रमणका लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेका हुन्।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन्। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय छ।
लामिछानेको भ्रमण टोलीमा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सहभागी छन्।
लामिछाने यही २२ जेठ गते स्वदेश फर्कनेछन्।

Comment