सेतीखोला जलविद्युत आयोजनामा सवा तीन अर्ब लगानी गर्दै कुमारी र इन्फ्रास्ट्रक्चर बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला जलविद्युत परियोजनामा बैंकहरुले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बाबजुद कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाईमा सेती खोला हाइड्रोपावर प्रा.लि.ले निर्माण गर्न लागेको सो परियोजनामा कर्जा लगानीका लागि सहवित्तीयकरण सम्झौता गरेका छन् ।

आइतबार भएको उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडबाट रु. २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबाट रु. १ अर्ब २५ करोड गरी जम्मा रु. ३ अर्ब २५ करोड रुपैंया बराबरको कर्जा सिमा स्वीकृत भएको हो ।

कुमारी बैंकमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा सो बैंकका नायव महाप्रबन्धक रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको थियो ।

विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहीत भएको र परियोजना निर्माण कार्य दु्रत गतीमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन मिति भित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता आचार्यले व्यक्त गरे ।

त्यसैगरी कुमारी बैंक लिमिटेडले हाल सम्म ४९ वटा वटा विभिन्न परियोजनामा जम्मा रु.२२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा रु. ८ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।