काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा २०० रुपैयाले घटेको छ । आज चाँदी तोला ७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९७.८१ अमेरिकी डलर र चाँदी ५८.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment