दुई हजार १०४ मेगावाट क्षमताका ९७ सौर्य ऊर्जा आयोजनाले सर्वेक्षण अनुमति पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जलविद्युत् आयोजनामा वर्षायाममा बढी र हिउँदयाममा कम उत्पादन हुने समस्यालाई सम्बोधन गर्न सरकारले अगाडि बढाएको ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत पछिल्ला दिनहरूमा सौर्य ऊर्जा मा लगानी गर्न चाहनेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको पाइएको छ।

विद्युत् विकास विभाग मातहतको तथ्याङ्क अनुसार हालसम्म २,१०४ मेगावाट क्षमताका कुल ९७ आयोजनाले सौर्य विद्युत् उत्पादनको सर्वेक्षण अनुमति लिएका छन्। सरकारले सौर्य ऊर्जाबाट उत्पादित बिजुलीको उचित मूल्य दिने नीतिगत निर्णय गरेपछि यो क्षेत्रमा आकर्षण बढेको विभागले जनाएको छ।

चालू आवमा ६ आयोजनालाई अनुमति
चालू आर्थिक वर्षको हालसम्म छवटा सौर्य ऊर्जा परियोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन्। गैरआवासीय नेपाली (एनआरएन) को लगानी रहेको एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड ले मात्रै रोल्पामा १०० मेगावाट र अर्घाखाँचीमा १५० मेगावाट क्षमताका दुई ठूला आयोजना निर्माणका लागि अनुमति लिएको छ।

यसैगरी, सिजी इर्नगो प्रालि ले २५ मेगावाटको पाल्पा डम्बक सौर्य विद्युत् आयोजना का लागि सर्वेक्षण अनुमति लिएको छ। अन्य साना आयोजनाहरूमा १० मेगावाट क्षमताका विराट बर्जु, डाँगीहाट र बाडगङ्गा सौर्य विद्युत् आयोजनाहरू पनि सामेल छन्।

उत्पादन अनुमति ८४ मेगावाट
विभागका अनुसार हालसम्म १२ सौर्य विद्युत् आयोजना लाई विद्युत् उत्पादन अनुमति दिइएको छ, जसको कुल क्षमता ८४ मेगावाट रहेको छ।

साथै, अहिले १० मेगावाट क्षमताका पाँच आयोजनाले सर्वेक्षणका लागि र १५ मेगावाट क्षमताका तीन आयोजनाले विद्युत् उत्पादन अनुमतिका लागि आवेदन दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।