टाटा टियागो इभिमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा टियागो इभिका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “सधैँको सबैभन्दा ठुलो प्रस्ताव” अफर घोषणा गरेको छ।

विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठुलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आइफोन १७ प्रोम्याक्स वा सबैभन्दा ठुलो नगद छुट रोज्न सक्नेछन् ।

योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डिसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान् सुविधाहरू समेटिएका छन्।

यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो इभि आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ।

किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो इभि सुरुवाती मूल्य २७ लाख ४९ हजार रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।