च्याउ उत्पादन किसान संघ उपत्यका विशेष कमिटीको दोस्रो सम्मेलन सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । च्याउ उत्पादन किसान संघ उपत्यका विशेष कमिटीको दोस्रो सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै रामचन्द्र पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

संघका अनुसार उपाध्यक्षमा प्रकाश तिमल्सिना, सचिवमा रोशन शाह, उप–सचिवमा उर्मिला तामाङ र कोषाध्यक्षमा जितबहादुर नगरकोटी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा प्रदीप तामाङ, तरानाथ घिमिरे, जीवन न्यौपाने, सुरेन्द्र श्रेष्ठ, चडिका लम्साल र प्रकाश दोग चयन भएका छन्। बाँकी चार जना सदस्य पछि थप गरिने बताइएको छ।

नवगठित कार्य समितिले उपत्यकामा च्याउ उत्पादन विस्तार, प्रविधि विकास, गुणस्तरीय सामग्री उपलब्धता र बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

काठमाडौंमा तामाङ सर्वसम्मत
च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको सम्पन्न महाधिवेशनले नयाँ कार्य समिति घोषणा गरेको छ । समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।

महाधिवेशनको निर्णयअनुसार प्रदिप तामाङ काठमाडौं जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । किसानमैत्री कार्यक्रम र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै समितिले उपाध्यक्षमा केपी लिम्बू, सचिवमा राज खड्का, उप – सचिवमा मोहन मगराती र कोषाध्यक्षमा प्रकाश वोगटीलाई मनोनयन गरेको छ । यसैगरी, सदस्यहरुमा सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ र रबिन गौतम रहेका छन् ।

समितिले २ जना महिला सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ । समितिका अनुसार नयाँ नेतृत्वले किसानहरुलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ र कम्पोस्टको उपलब्धता, बजार समन्वय र युवा – महिला सहभागीता वृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।