काठमाडौं । बिहीबार(आज) नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकिएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला ३२२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३२८० रुपैयाँ तोकिएको छ ।

Comment