देश बचाउन युवाको नेतृत्व अपरिहार्य : महावीर पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सिंहदरबार घेरेर भन्दापनि चुनावमार्फत युवापुस्ता नेतृत्वमा आएर परिवर्तन सम्भव हुने बताएका छन्। युवापुस्ता नेतृत्वमा नआउँदासम्म मुलुकको संरचना परिवर्तन नहुने बताउँदै चुनावमा केन्द्रित हुन उनले सुझाएका छन्।

‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा खै बुझेको,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अबको भविष्य उज्ज्वल बनाउन एक मात्र बाटो भनेको फागुन २१ को आम निर्वाचनमा नयाँ पुस्तालाई अघि सार्नु हो।’

उनका अनुसार, यही निर्वाचनमा बुढा–पुराना नेताहरूलाई बिदा गरी युवा नेतृत्वलाई जिम्मेवारी दिने हो भने मात्र देश सही दिशामा अघि बढ्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।