तीन महिनामा जीवन बीमकहरुको नाफा करिब रु. २ अर्ब,ग्रोथमा को–को अगाडि ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा जीवन बीमा कम्पनीहरूले करिब दुई अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

निर्जीवन बीमा कम्पनीहरू घाटामा छदैँ जीवन बीमा कम्पनीहरूले भने आफ्नो नाफा २.५१ प्रतिशतले बढाएका छन्। हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार तीन महिनामा १ अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाइएको छ, जुन गत आवको सोही अवधिको १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँभन्दा बढी हो।

व्यापार विस्तारसँगै नाफामा सुधार आएको देखिन्छ। पहिलो त्रैमासमा कम्पनीहरूले कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिमा आर्जन भएको ४१ अर्ब ८ करोड १ लाख रुपैयाँभन्दा १९.८३ प्रतिशतले बढी हो।

यस अवधिमा सर्वाधिक नाफा रिलायब नेपाल लाइफ ले २५ करोड ८५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनामा २९.६५ प्रतिशत वृद्धि हो। दोस्रो स्थानमा रहेको सन नेपाल लाइफले ४४.०२ प्रतिशतले नाफा बढाउँदै २३ करोड ९२ लाख रुपैयाँ कमायो भने तेस्रो स्थानमा रहेको नेपाल लाइफले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्दै ४.९४ प्रतिशत वृद्धिदर कायम गर्यो। नाफा वृद्धिदरका आधारमा भने सन नेपाल लाइफ पहिलो स्थानमा रह्यो भने एलआइसी नेपाल दोस्रो स्थानमा रह्यो, जसले ३७.४७ प्रतिशत नाफा बढाएको छ। एशियन लाइफ, सानिमा रिलायन्स, सूर्यज्योति लाइफ, आइएमई लाइफ र नेशनल लाइफको नाफा पनि क्रमशः वृद्धि भएको छ।

तर, हिमालयन लाइफ, प्रभू महालक्ष्मी लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा भने क्रमशः ४९.६५ प्रतिशत, ४९.४८ प्रतिशत र ४६.५४ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।