काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार १०० रुपैयाँले घटेर २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रूपैयाँले बढेको छ। मंगलबार तोलामा ३ हजार १ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Comment