काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ।
आज पनि बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
एक महीनाअघि शुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनलाई लिएर विवाद हुँदा टुंगोमा पुग्न सकेको छैन। मंगलबारको बैठकमा पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूले फरकफरक धारणा राखे।
त्यस्तै, आगामी चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन। जसले गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको हो। https://nepalnews.com/2025/11/12/congress-central-working-committee-meeting-continues-today/

Comment