वामदेव नेतृत्वको पार्टी निर्वाचन आयोगले गर्‍यो खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीको गठनपछि गौतमले आफू नेतृत्वको नेकपा एकीकरण अभियान खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

गौतमकै निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टीलाई औपचारिक रूपमा खारेज गरेको हो। गौतमले हालै नेकपा (एकीकृत समाजवादी) हुँदै नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थिए। आयोगले त्यसअनुसार उनको निवेदन स्वीकृत गर्दै पार्टी खारेजको निर्णय सार्वजनिक गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।