काठमाडौं । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा (एमाले) फर्किएका छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनासहितका केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे ।
सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए । कमल एकीकृत समाजवादीको चुनाव चिन्ह थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा दिए ।

Comment