जसपा नेपालले निर्वाचन केन्द्रित कार्यक्रम र कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रम र कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने बताएका छन्।

हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचन केन्द्रित कार्यहरूलाई उच्च प्राथमिकता राख्ने निर्णय गरेको भन्दै बस्नेतले पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागलाई चुनाव लक्षित प्रचारप्रसारमा केन्द्रित गरिने बताएका हुन्।

बस्नेतले भने, ‘केन्द्रीय समितिको बैठकले निर्वाचनका सन्दर्भमा उम्मदेवारको चयन, चुनाव प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, चुनावी प्रशिक्षण, मतदाता सचेतना कार्यक्रम, मतदाता सूचीमा नाम दर्तालगायत चुनावसँग सम्बन्धित कार्यक्रम र कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ। पार्टीका प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र सो मातहतका समितिहरू सक्रिय रूपमा परिचालन हुने छन्।’

विगतमा पार्टीले सरकार समक्ष पेस गरेको ६७ बुँदे माग र प्रस्तावहरू, पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जन–जनमा पुर्याउने काममा पार्टी पंक्ति सक्रियतापूर्वक लाग्ने उनको भनाइ छ।

जसपा नेपालले निर्वाचन सफल पार्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र शान्ति, सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग राख्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।