कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

महाधिवेशनको मिति तय गर्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति नहुँदा गत असोज २८ गते सुरु भएको बैठक पटकपटक स्थगित हुँदै आएको छ ।

आजको बैठकमा दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश सभापतिहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संस्थापन पक्षले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव तयार पारेको छ भने इतर समूहले मंसिरभित्रै नियमित अहाधिवेशनको माग गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।