प्रभु बैंकका संस्थापक समूहका ४ लाखभन्दा बढी शेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंकको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४ लाख २२ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्। यसअघि ३५ दिनको सूचना निकालेर संस्थापक शेयरधनीहरु शेयर बिक्री खुला गरिएकोमा निवेदन परेको अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको हो।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।