काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ती राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र काठमाडौं फर्किन निर्देशन दिइएको हो।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले भारतबाहेक अन्य सबै राजनीतिक नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनले सबैलाई तोकिएको म्यादभित्र फर्किसक्न निर्देशन दिइएको बताए।
फिर्ता बोलाइएकामध्ये चीन, अमेरिका, बेलायत, मलेसिया र कतारका राजदूत नेकपा (एमाले) कोटाबाट नियुक्त भएका हुन् भने बाँकी कांग्रेस कोटाबाट नियुक्त भएका थिए ।
यी हुन् कात्तिक २० भित्र फर्किनुपर्ने राजदूतहरू :
डा. कृष्ण प्रसाद ओली – चीन
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्र घिमिरे – बेलायत
नेत्र तिम्सिना – मलेसिया
शैल रुपाखेती – जर्मनी
धनप्रसाद पण्डित – इजरायल
जंगप्रसाद चौहान – रुस
सनिल नेपाल – स्पेन
रमेशचन्द्र पौडेल – कतार
नरेशविक्रम ढकाल – साउदी अरब
दुर्गाबहादुर सुवेदी – जापान
Comment