काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । असोज २७ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतले हुने ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत चुक्ता पुँजीको ४.५३ प्रतिशत हुने २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
Comment