काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दै छ। तर पार्टी सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नहुने भएका छन्।
सभापति देउवा बैठकमा अनुपस्थित हुने भएपछि उक्त बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्।
पार्टीको सभापतिबिना बस्न लागेको आजको बैठकमा केन्द्रीय समितिका एजेण्डामा छलफल हुने बताइएको छ।
Comment