कामना विकास बैंकको अध्यक्षमा सुदीप आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना विकास बैंकमा अध्यक्ष, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ति गरिएको छ।

२४ गते बसेको १९औँ वार्षिक साधारणसभाले अध्यक्षमा सुदीप आचार्यलाई चयन गरेको हो।

त्यसअघि संस्थापक समूहअन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण समूहअन्तर्गत प्रतिनिधित्व गर्ने तीन जना निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ।

यसअनुसार संस्थापकबाट सुदीप आचार्य, भीम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट विश्वेश्वर सुवेदी, बलराम बराल र पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।

सोहीमध्ये आचार्य अर्को बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।