काठमाडौं । जेन–जी मुभमेन्टमा आवद्ध युवाहरूले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै युवाहरूले नैतिकताको आधारमा पदत्यागको माग गरेका हुन्। उनीहरूका अनुसार अख्तियार नेतृत्व राजनीतिक प्रभावमा काम गरिरहेको र निष्पक्षता गुमाइरहेको आरोप लगाइएको छ।
प्रदर्शनपछि आयोग कार्यालय अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ।
युवाहरूले राईको राजीनामा माग गर्दै औपचारिक रूपमा निवेदनसमेत दर्ता गराएका छन्।
Comment