काठमाडौं । भेस्पा स्कुटरको नयाँ बीएस– ६ लाइनअप नेपालमा सार्वजनिक गरिएको छ । भेस्पा स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले नयाँ भेस्पा सिरिजमा तीन मोडलहरू सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको उक्त स्कुटर वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज र उत्कृष्ट पर्फर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रङमा उपलब्ध गराइने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार नयाँ भेस्पा सिरिजमा तीन मोडलहरू समावेश छन् । भेस्पा जेडएक्स १२५ को ३ लाख ४९ हजार मूल्य तोकिएको छ । यो क्लासिक डिजाइन, पर्ल ह्वाइट, रेड ड्रागन, नेरोब्ल्याकरअज्जुरो प्रोवेन्जाजस्ता रङमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, भेस्पा १२५ को मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ । साथै, ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइट रङमा उपलब्ध हुनेछ ।
त्यस्तै, भेस्पा एस १२५ को ४ लाख ९ हजार रुपैयाँ मूल्य तोकिएको छ । स्पोर्टी र स्टाइलिस लुकमा प्रस्तुत यो स्कुटर पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभग्रीन, जियालो येलो, ग्लोसी ओरेन्ज रङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ । नयाँ पुस्ताको भेस्पाले यी विशेषताहरूलाई अब पर्यावरणमैत्री र उन्नत इन्धन कार्यक्षमतासँग समेट्दै जिम्मेवार र स्टाइलिस रोजाइको नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको दाबी छ ।
डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, ‘भेस्पा केवल स्कुटर मात्र होइन, यो त एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदावहार आकर्षणको प्रतीक पनि हो । नयाँ मोडलहरूको यो सिरिजमार्फत हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै छौँ । यसका साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौँ ।’
महतोले नयाँ भेस्पा स्कुटरहरू इटालियन डिजाइन, अत्याधुनिक प्रविधि र लक्जरी मोबिलिटी अनुभवको मिश्रणका साथ अब नेपालभर उपलब्ध रहेको घोषणा पनि गरे ।
Comment