खण्डहर घर हेर्दा भक्कानिइन् ओलीकी पत्नी राधिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेन–जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको बालकोटस्थित घर शनिबार अवलोकन गरेकी छिन्। आन्दोलन भएको १२ दिनपछि उनी बालकोट पुगेकी हुन्। खण्डहरमा परिणत भएको घर देख्दा उनी अत्यन्त भावुक बनेकी थिइन्।

प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतका अनुसार, घर पुगेपछि राधिका शाक्य भक्कानिएकी थिइन्। “आफ्नो घर हेरेपछि उनी निकै रोएकी थिइन्,” बस्नेतले भने, “उनको गुनासो थियो कि घर मात्र होइन, इतिहासको एउटा धरोहर जलाएर नष्ट गरियो।” राधिकाले उक्त घर आफूले बनाएको दाबी गर्दै आएकी छिन्, र त्यसप्रति भावनात्मक सम्बन्ध रहेको बताउँदै आएकी हुन्।

भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन २४ गते हिंस्रक बनेपछि राजधानीका विभिन्न ठाउँमा तोडफोड र आगजनी भएका थिए। त्यस क्रममा नेताहरूका निजी घर, सरकारी भवन तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण गरिएको थियो। आन्दोलनकै क्रममा ओलीको बालकोटस्थित निवासमा समेत आगजनी भएको थियो, जसले घर पूर्ण रूपमा ध्वस्त बनाएको छ।

आगोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि हाल ओली दम्पती भक्तपुरको गुण्डुमा डेरा गरेर बस्दै आएका छन्। यता एमाले निकट स्रोतहरूले बालकोटको घरमा भएको आगजनीलाई “राजनीतिक हिसाबकिताब मिलाउने नाममा गराइएको हिंसा” को संज्ञा दिएका छन्। उता आन्दोलनकारीहरू भने जनविरोधको स्वरुपको रूपमा उक्त घटना भएको तर्क गर्दै आएका छन्।

घर अवलोकनपछि राधिकाको अभिव्यक्तिले राजनीतिक आन्दोलन र हिंसात्मक गतिविधिहरूको सन्दर्भमा व्यक्तिगत तथा ऐतिहासिक सम्पत्तिको सुरक्षाप्रति फेरि प्रश्न उठाएको छ। जलेको घरसँग जोडिएको भावनात्मक र ऐतिहासिक मूल्यले अबको राजनीतिक बहसमा पनि महत्त्वपूर्ण स्थान पाउने देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।