काठमाडौं । नेपालका बीमा कम्पनीहरूमा जेन जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १,९८४ वटा बीमा दाबी गरिएको छ।
बीमा कम्पनीहरूको तथ्यांकअनुसार, सबैभन्दा बढी दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ, जहाँ ४० वटा कम्पनीबाट ५ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको दाबी गरिएको छ।

Comment