काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा भएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये १३.५३ प्रतिशत बोनस सेयर रहेको छ भने ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।
भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
Comment