एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजिनामा दिएका छन्। पारिवारिक कारण देखाउँदै उनले पद त्यागेका हुन्।

बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले न्यौपानेको राजिनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ।

न्यौपानेले पारिवारिक कारणले बैंकमा आवश्यक समय दिन नसक्ने भएकाले राजिनामा दिएको बताए। उनले बैंकमा आफ्नो पहिलो कार्यकालको चार वर्ष पूरा गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए। दोस्रो कार्यकाल अझै बाँकी रहे पनि उनले समयमै पद छाडेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।