काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बिमाशुल्क भुक्तानी ईसेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।
कम्पनीले जनाएको अनुसार बिमालेख नविकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बिमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो अफर असोज १ देखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बिमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।
Comment